विष्णु अर्यालको आत्मघाती गोलले हरायो

नेपालगन्ज ,फाल्गुन,०९-
नेपालगंजमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता अन्तरगत विहिवारको खेलमा तैयारी कपडा व्यवसायी संघ र नेपालगंज इलोक्ट्रिकल एसोसियसन विजयी भएका छन् ।

पहिलो खेलमा तैयारी कपडा व्यवसायी संघले जुत्ता चप्पल व्यवसायी संघलाई २–१ गोेल अन्तरले पराजित गरेको थियो । तैयारी कपडा व्यवसायी संघ तर्फबाट प्रकाश शर्माले १ गरेका थिए । जुत्ता चप्पलका विष्णु अर्यालले आफ्नै गोल पोष्टमा आत्मघाती गोल गरेपछि तैयारी कपडा व्यवसायी संघ २–१ विजयी भएको थियो ।

जुत्ता चप्पल व्यवसायी संघ तर्फबाट भरत गौतमले १ गोल फर्काएका थिए । तैयारी कपडा व्यवसायी संघका गोल रक्षक तरुण बज्रराचार्य म्यान अफ द म्याच घोषित भए । त्यसै गरि सम्पन्न दोश्रो खेलमा नेपालगंज इलोक्ट्रिकल एसोसियसनले कस्मेटिक तथा चुरा व्यवसायी संघलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालगंज इलोक्ट्रिकलको तर्फबाट दिपक बोहरा र सुरेन्द्र कुमारले क्रमस १÷१ गोल गरेका थिए । नेपालगंज इलोक्ट्रिकलका गोल रक्षक अमित परियार म्यान अफ द म्याच घोषित भए । शुक्रवार पहिलो खेल तयारी कपडा व्याग जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बीच नेपालगं इलेक्ट्रिक्लस एसोसोसियसन, दोश्रो खेल नेपाल पाठेपुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बीच होटल व्यवसायी संघ बाँके बीच प्रतिस्पार्धा हुने छ ।

प्रथम हुने टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ र द्वितिय हुने टिमलाई नगद रु ५१ ह्जार १ सय ११ रुपैया प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भीम रानाभाटले जानकारी दिए ।