गुल्मीको मदाने गाँउपालीकामा नि:शुल्क प्राथमीक उपचार

तालीम भव्य रुपमा सम्पन्न

गुल्मी,असोज,१६
गुल्मी जिल्लाको अति दुर्गम ठाउ सदरमुकाम देखि ३६ किलोमिटर पश्चिम् को मदाने गाउँपालिका पुर्कोट दह -६ को श्री पृथ्वी मा.बि को सभाहलमा डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि को आयोजनामा First Aid तालिम भब्यरुपले सम्पन्न भएको छ ।

उक्त First Aid तालिम गुल्मी सेबा समाज यु.ए.इ को सहकार्य तथा राज भण्डारी र किसोर के सी को सम्योजन मा १६ वटा संघ सस्था आबद्ध, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधी,इलाका प्रहरी कार्यलय र अन्य ४६ वटा निजि र सरकारी बिधालयका प्रतिनिधि,स्थानीय क्लबका प्रतिनिधि,स्वास्थकर्मिहरु,महिला स्वंयसेबिका लगायतका १३२ जना सहभागीलाई तालिम पश्चात् प्रमाणपत्र बितरण गरिएको थियो भने तालिमका सह आयोजक सस्थाहरु गुल्मी सेवा समाज युएई , मदाने गाउँपालिकामदाने,कृषि बिकास बैंक बैंकिङ कार्यालय पुर्कोटदह र गुल्मीको स्थापित शान्ति दीप युबा क्लबको विशेष ब्यबस्थापन रहेको थियो ।

त्यस्तै सहयोगी सस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी पुर्कोट उपशाखा, नेपाल शिक्षक महासंघ मदाने गाउँपालिका, श्री पृथ्वी मा बि, श्री कङ्के देउराली निमावि, ब्राइट फ्युचर एकेडेमी , मदाने मालिका पोलिक्लिनिक, मदाने कङ्के देउराली मनि ट्रान्सफर,नमुना बजार ब्यबस्थापन तथा समाज सुधार समिती, कङ्के देराली बचत तथा ॠण सहकारी सस्था, जागरुक वैदेशिक लगानी तथ बचत सस्था युएई , Get Geougious Beauty Salon LLC र श्री टिमुरखर्क निम्नमाध्यमिक बिधालय रहका थिए ।

उक्त तालिमको सभापतित्व जिल्ला मै परिचित अत्यन्तै होनाहार समाजसेबी बयोबृद(८७) वार्षिय -चक्र बहादुर कुवरले गर्नु भएको थियो भने प्रमुख अतिथी मदाने गाउपालिका वडा नं. ६ का वडाध्यक्ष तोकम कुँवर हुनुहुन्थ्यो भने विशेष अतिथि हरु शान्ति दिप युवा क्लबका सस्थापक अध्यक्ष खिमबहादुर कुँवर, कृषि बिकास बैंक पुर्कोटदहका शाखा प्रबन्धक वीर बहादुर जि सी , बिधालय निरीक्षक तुबलाल सापकोटा, वडाध्यक्षहरु नारायण घर्ती, भिम प्रसाद भट्टराई र हिमाल खड्का रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन शान्तिदिप युवा क्लबका सस्थापक सचिब राजेन्द्र थापाले गर्नुभएको थियो।

सोही तालिममा उपस्थित सबैलाई आयोजकको तर्फबाट हेमन्त पौडेलले स्वागत गर्नुभएको थियो भने तालिमको सफलताको कामना रहित मन्तव्य राख्नेमा नेपाल शिक्षक महासंघ मदाने गाउँपालिकाका अध्यक्ष बोमबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा पुर्कोटका सभापति ढाल बहादुर राउत र प्रमुख अतिथि तोकम कुँवर हुनुहुन्थ्यो । साथै तालिममा कान्तिपुर टेलिभिजनका सम्बादाता माधब अर्याल र पाल्पाली सेबा समाज यु ए इ का अध्यक्ष -बेद प्रसाद अर्याल को उपस्तिथि रहेको थियो ।

तालिमका प्रशिक्षक ओम उप्रेती सहितको टोलिले १५ प्रकारका आकस्मिक बिरामीको प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिनुभएको थियो। अनि सम्पुर्ण गाउले दाजुभाइ तथा दिदिबहिनिको उपस्तिथिमा करिथियो(१८०) जनाको बाक्लो उपस्थिति बिच निशुल्क प्राथमिक स्वास्थ उपचार तालिम सौहार्द रुममा समापन भएको छ । गुल्मीबाट बोम बहादुर कुवँरको सहयोगमा लेखिएको समाचार