निर्वाचन आयोगले हस्ताक्षर बुझाउन दिएको समय आज सकिदैँ

काठमाडौ, चैत ३०-
निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि दल दर्ता गराएका पार्टीका तर्फबाट आधिकारिक हस्ताक्षर बुझाउनका लागि दिएको समय आज सकिदैँ छ ।अहिलेसम्म दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन् ।

आयोगले दिएको समयावधि सकिनै लाग्दा पनि संंसदभित्रको ठूलो दल नेपाली कांग्रेस र मधेसी मोर्चामा आबद्ध धेरैजसो दलले हस्ताक्षर नमुना बुझाएका छैनन् ।मोर्चामा आबद्ध संघीय समाजबादी फोरम नेपाल र मोर्चा बाहीर रहेको नेपाल लोकतान्त्रिक फोरमले भने उम्मेदवारलाई मनोनयन प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर र विवरण बुझाइसकेका छनन् ।

संसदभित्र रहेका २७ मध्ये १७ दलले मात्रै उक्त विवरण बुझाएका छन् । स्थानिय तह निर्वाचन ऐनमा राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराउनेले मनोनयनका बेला पार्टीको आधिकारीक पत्र निर्वाचन अधिकृत कार्यालयमा पेस गर्नुपर्र्ने प्रावधान रहेको छ ।यसैबिच निर्वाचन आयोगले दिएको समय सकिनै लाग्दा कांग्रेसले भने आज बुझाउने तयारी गरेको छ । मोर्चाले भने पार्टीमा छलफल गरेर यस विषयमा आजै निर्णय लिने जनाएको छ ।