चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु

काभ्रे, चैत ३०-
काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।ना १ ज ६५६६ र ना १ ज ४६९५ नम्बरको टाटा सुमो तथा बा ४ ख ६०३ नम्बरको बस र बा ४५ प ६७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।साभार उज्यालो अनलाईनबाट