जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

जुम्ला,फागुन ५-जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।