चर्चित र्‍यापर भिटेन शिभरात्रीको दिन नेपालगन्ज आउँदै

नेपालगन्ज,फाल्गुन,१९-
चर्चित र्‍यापर भिटेनले भोली   सोमबार  नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुति दिने भएका छन् ।

चर्चित ¥यापर समीर घिसिङ (भिटेन)ले बाटिका होटलको परीसरमा आयोजना गरीएको रात्रिकालीन साङगेतिक कार्यक्रममा प्रस्तुती दिने भएका हुन । स्म्यासिङ्ग स्टीरीयोको आयोजनामा हुन गैरहेको साङगेतिक कार्यक्रम साझ ४ बजे देखि सुरु भई रात्रि १० बजे सम्म सन्चालन गरीने संयोजक तिलक गाउँलेले जानकारी दिए ।

उग्र शब्दमा ¥याप गाउँने भिटेनका फ्यानहरु नेपालगन्जमा थुप्रै भएकाले पनि उनलाई ल्याइएको संयोजक गाँउलेले जनाए । युवापुस्ता माँझ ¥यापर भिटेन चर्चित मानिन्छन् । हिपहप शैलीबाट युट्युबमा परिचित भिटेनका आधा दर्जन ¥याप गित हिट छ । ‘गरिब’, ‘चुरोट’, ‘बैनी’, ‘लफङ्गा’, ‘खलासी’ आदि युवापुस्तामा चर्चित छन् । ¥याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले भिटेनलाई फरक ढङगले चिनिने गरीएको छ ।