पशु क्वारेन्टाईन नेपालगन्जद्वारा वार्षिक ८ लाख बढी राजश्व संकलन

नेपालगन्ज,फाल्गुन,१९-
पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगन्जले चालू आर्थिक बर्षको हालसम्म ८ लाखबढी राजश्व संकलन गरेको छ ।

सूचना अधिकारी अमर बहादुर शाहीका अनुसार चालू आर्थिक बर्षको साउनदेखि फागुन १८ गतेसम्म ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । अवैध वोइलर, चल्ला, मासु, माछा, अण्डा भित्र्याउनेमाथि कारवाही गरेवाफत सो परिमाणको राजश्व उठेको हो ।

हाल सम्म तयारी बोईलर २ हजार ८ सय २८ गोटा, चल्ला २४ हजार ७० गोटा, तयारी मासु ७४ किलोग्राम , सडेको माछा २८ किलोग्राम र सेतो अण्डा ८ सय २६ गोटा लाई नियन्त्रणमा लिई नष्ट गरीएको चेकपोष्टले जनाएको छ ।