आज सर्वदलीय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं,फाल्गुन,२-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ ।

उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।

उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ ।

 

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने जाने -नजाने निश्चित छैन ।