आज एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं,फाल्गुन,२-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दै छ ।

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ।बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।

विशेष गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराईएको महाअभियोग प्रस्तावका विषयमा बैठक केन्द्रित हुनेछ । महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने एमालेको तयारी छ।

एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने बाँकी चार न्यायाधीश र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा परामर्श गरिरहेको छ।