एसीसी प्रिमियर कप: आज नेपाल र युएईले फाइनल खेल्दै

फाइनल खेल वर्षाले रद्द भए नेपाल च्याम्पियन हुने

काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा आज सोमबार नेपालले युएईसंग खेल्दैछ।

यदि खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सामेबार हुने फाइनल खेल रद्द हुने सम्भावना बढ्दै गएको छ ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो।उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिजर्भ डेको व्यवस्था गरिएको छ।तर सोमबार र मंगलबार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ ।

तर वर्षाको कारण सुपर ओभर पनि हुन सक्ने अवस्था नभए आइसीसीक (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई वरीयतामा माथि हुने टोली एशिया कपमा पुग्नेछ।आईसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् ।नेपाल र युएईबीचको खेल सोमबार बिहान नौ बजेबाट सुरु हुनेछ । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसीया कपमा स्थान बनाउने दाउमा छ ।

यसैविच :