डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल

नेपालले यूएईलाई हराए भारत र पाकिस्तान संग खेल्ने

Image Not Foundकाठमाडौं,बैशाख,१७-गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्को ठूलो प्रतियोगिता खेल्दैछ। 

नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो।खेलको विजेता एसिया कपमा छनोट हुनेछ।पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी सोमवार उक्त नतिजा दोहोर्‍याउला कि नदोहोर्‍उला ? नेपाली क्रिकेटप्रेमीमाझ चासोको विषय बनेको छ। 

शनिवार वर्षाले प्रभावित दुवै सेमिफाइनलबाट नेपाल र यूएई फाइनल पुगेका हुन्।नेपाल र कुवेतबीचको खेलमा नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा फाइनलमा पुगेको हो भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाईे हराउँदै अन्तिम २ मा स्थान पक्का गरेको हो।  

त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि ४२–४२ ओभरमा छोट्याइएको थियो।उक्त खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो। 

जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनः रोकियो। 

कुवेतले २० ओभरसम्म नखेलेकाले खेलको नतिजा डीएलएस प्रणालीबाट गर्न मिलेन।र, नेपाल समूह चरणको विजेताको हैसियतले सोझै फाइनल पुग्यो।नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो।कुवेत भने समूह ‘बी’को उपविजेता भएर सेमिफाइनल पुगेको थियो। 

मुलपानी क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई डीएलएस प्रणालीका आधारमा २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाले खेल स्थगित भएपछि खेलको नतिजा डीएलएस प्रणालीबाट गरिएको थियो।

यसैबिच :यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।