लैगीक हिंसाका घटना सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी पन्तको भनाई

सिर्जना बर्देवा/
ओखलढुंगा,भाद्र २५-
लैगीक हिंसाका घटना संम्झौता सहमतीमा मिलाउन नहुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभएको छ । ओखलढुंगामा आयोजीत लैगिंक हिंसा विरुद्धको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्तले यस्तो बताउनुभएको हो ।

जिल्लामा अधिकांश लैगिंक हिंसाका घटनाहरु सम्झौतामा मिलाउने गरेको पाईएकाले यस प्रती सबैको ध्यान जान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पन्तको सुझाव रहेको छ । लैगिक हिंसामा परेकाहरुलाई विभिन्न संघ सस्थाहरुले परामर्श दिने तथा सहयोग गर्ने गरेको पाईएको छ ।

तर त्यस पश्चात उनिहरुको अवस्थाका विषयमा कसैले चासो नदिएको कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । लैगिक हिंसाका क्षेत्रमा काम गर्ने संघ सस्था तथा निकायलाई प्रभावकारी ढंगबाट लाग्न प्रमुख जिल्ला अधिकारी पन्तले निर्देशन दिनुभएको छ ।

यसैविच ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन प्रसाद तिमिल्सीनाले जिल्लामा घटेका अधिकांश घटनाहरु मध्ये सबै भन्दा बढि आत्मा हत्याका घटना रहेको बताउनुभएको छ ।

व्यक्ती समुदाय लगायत सरकोरवाला निकाय सक्रिय भए आत्मा हत्याको घटना न्युनिकरण गर्न सकिने प्रनाउ तिमिल्सीनाको भनाई रहेको छ । लैगिंक हिंसाका घटना न्युनिकरण गर्नका लागि प्रहरी तथा सरोकारवाला निकाय हातेमालो गरी अघिबढ्न आवश्यक रहेको बताउनुभयो ।

महिला तथा बालवालीका कार्यलय र यूएनएफपिए को सहयोग तथा सिद्धिचरण महिला ऋण तथा बचत सहकारी संस्था, परिवर्तनशिल महिला सामुदायिक संस्था र सिएमसी नेपालको आयोजनामा लैगिंक हिंसा विरुद्धको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सभापती तथा तथा सिद्धिचरण महिला ऋण तथा बचत सहकारी संस्थाकी अध्यक्ष अम्बीका श्रेष्ठले महिला हिंसा तथा लैगिक हिंसा न्युनिकरणका लागि सहयोग गर्न सबै संग आग्रह गनुभएको छ ।

कार्यक्रममा लैगिक हिंसाका क्षेत्रका कार्यरत संघ सस्था तथा सरकोकारवालाहरुको उपस्थीती रहेको थियो । यसै विच परिवर्तनशिल महिला सामुदायिक संस्थाको भवन निमार्णका लागि आवश्यक जग्गा निशुल्क उपलब्ध गर्ने भिम बहादुर कार्कीलाई सम्मान गरीएको छ ।