रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहारको बिरोधमा बाँकेमा प्रर्दशन

बाँके,भाद्र,२५-

बाँकेको नेपालगंजमा आर्ईतबार ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छान् । बर्मामा रोहिंग्या मुसलमानहरु माथि भई रहेको नरसंहार को विरोध मा बाँके का नागरिकहरुले प्रर्दशन गरेको हुन् ।

स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौक देखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघका प्रमुख मौलाना उबेदुर रहमान खानले रोहिंग्या मुसलमानहरु माथि भई रहेको अत्याचारलाई रोक्न सबैले दबाब दिनु जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

उहाँले भन्नु भयो,ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले गत साता जारी गरेको स्याटेलाइट इमेजमा मुस्लिम क्षेत्रका धेरै भवनमा क्षति पु–याइएको र मानिसहरूलाई जिउँदै जलाइएको देखिन्छ ।

तर सरकारले रोहिंग्या विद्रोही आफैंले यी गाउँहरू जलाएको बताएको उल्लेख गर्दै मानव अधिकारबादीहरुलाई सक्रिया भएर उक्त क्षेत्रमा भई नरसंहारलाई रोक्न र वास्तविक कुरालाई सार्वजानिक गर्न माग गर्नु भयो ।

नेपालगंजमा भएको प्रर्दशनमा पूर्व श्रम मन्त्री मोहम्मद इस्तीयाक राइले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर सम्बन्धीत सरकारलाई दबाब दिन जरुरी रहेको बताएका थिए ।

यस्तै मुस्लिम अगुवा मेराज अहमद हिमालले, बर्माका मुस्लिमहरु माथि भई रहेको अत्याचारको नेपाली मुस्लिम कडा रुपमा बिरोध गरेको जिकिर गर्दै तत्काल नसंहार रोक्न माग गर्नु भयो । उहाँले नसंहार गर्नेहरु मानिस नभई राक्षस भएको बताए ।

यसैगरी नेपाल इक्रा एजुकेशन फाउण्डेशनका केन्द्रीय अध्यक्ष अब्दुल कबिले बर्मामा लाखौ रोहिग्या मुस्लिमहरुको हत्या भई सकेको बताउदै संयुक्त राष्ट्र संघले तत्काल शान्ती सेना पठाउन जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

जामा मस्जिदका अध्यक्ष रहिस अहमद सिद्धिकिले प्रमुख जिल्ला अधिकारीलाई नरसंहार रोक्नका लागि पहल गर्न ज्ञापन पत्र बुझाएका थिए ।बिरोध प्रर्दशनमा बाँके जिल्लाका मुस्लिम,हिन्दु लगायतको सहभागिता रहेको जामा मस्जिद नेपालगंजले जनाएको छ ।

रोहिंग्या म्यान्मार वा बर्मामा बस्ने अल्पसंख्यक समूह हो । बर्मामा दश लाखभन्दा बढी रोहिंग्या रहेको अनुमान गरिन्छ र उनीहरू देशको उत्तरी भाग राखिने राज्यमा बस्छन् । उक्त क्षेत्र भारत र बंगलादेशको सिमानामा पर्छ ।