राजनीति झण्डा बोकेर सडक तताउनु भन्दा सामाजिक कार्य गरेर जनताको मन जित्न सिक्नुपर्छ: केपि खनाल

कैलाली,भदौ,२५-

देशले राणाशासन देखि गणतन्त्र देख्न पायो र देखि रहेको छ यहाँ सम्म आउनुमा पक्कैपनि ठुला ठुला राजनीतिक परिवर्तनले गर्दा भएको हो ।

चाहे त्यो राणाशासनको अन्त्य हो चाहे राजतन्त्र तर पनि देशले योत्रो परिवर्तन हुदासम्म राजनीति परिवर्तनमात्र पायो बिकाशको परिवर्तन भन्दा राज्य चलाउने सरकार को परिवर्तनलाई नेपालको बिकासको परिवर्तनले जित्न सकेन आज देश कहिले सरकार पक्ष र कहिले प्रतिपक्ष सरकारमा जाने होडबाजीले आजका नेपाली युवा दुई भागमा बाडिएको देख्छु ।

केपि खनाल

एक तर्फी युवा शैक्षिक योग्यताको सरकारि कागजी टुक्रालाई खिया लागेको पेटिमा ताल्चा लाएर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा करिब अठार सयको लाइनमा मुटुभरी दुखका बेधना बोकेर घरपरिवारलाई टाढा राखी प्रदेशिनु परेको छ ।

अर्को युवा त्यही सरकार र राजनीति परिवर्तन गर्नका लागि चाहिने साधन बनेर सडकमा टाएर जलाउने देखि लिएर ढुङ्गा मुडा फाक्ने स्रोत र साधनको रुपमा बनेका छ्न तर ती युवाले कहिले कसैले सोध्दैनन् कि हाम्रो अन्तिम लक्ष्य के भनेर किनकि उनिहरु राज्यको आर्थिक सामाजिक बिकास भन्दा राजनीति परिवर्तनको बिकाश गराएर त्यही दैनिक अठार सयको लाइनमा उभिएर प्रदेशिनु पर्ने हुन्छ ।

अनि जसका स्रोत र साधन बनेका थिए उनिहरु राज्यको दरवारमा पुगेर ती अठार सयले पठाएको रेमिटेन्सबाट आफ्नु गुजारा गरेका हुन्छ किनकी त्यो स्रोत बाहेक राज्यले अन्य कुनै आर्थिक स्रोत पाउने बाटो नै बनाएको हुदैन नत देशमा उधोगधन्दा चलाउन सकेको छ नत कलकारखाना नै चल्न सकेका छन् ।

यस्तो भनिरहदा राजनीति फोहोर खेल हो यसले देशलाई परिवर्तन गर्न सक्दैन भनेर मैले कहिले पनि भन्दिन किनकी विश्वका हजारौं बिकशित देशहरु राजनीतिबाट नै भएका हुन तर नेपालको पहिलेको राजनीतिले जुन बिकासको गति लिनसक्ने वातावरण थियो त्यो अहिलेको राजनीतिमा छैन् ।

अहिले आफ्नो स्वार्थपुर्तिका लागि राज्यको सम्पत्ति मासिदैछ यसरी राज्यको सम्पत्ति मासिदै गर्दा हामी आजका सिर्जनशिल युवाहरू खाली आफ्नो सामाजिक संजालमा राज्य र विभिन्न पार्टीलाई दोष दिएरका छौँ ।

आखिर हामिले यो पनि बिर्सेर भनिरहेका छौं कि यो बनाउन यो अस्थिरता ल्याउनमा प्रमुख दोषी हामी आजका सचेत युवा वर्ग हौ भनेर निर्वाचन ताका कसैले कुन पार्टीको झन्डा ओडेर त कसैले कसैको झन्डा बोकेर रातदिन भोक भोकै उसैको पछाडी दोडिरका हुन्छ जिताउन्छौ अनि जितेर गैसकेपछी उसैको आशाले रोजगारीको निम्ति दौडिरहेको हुन्छौ ।

जितेकाले युवालाई कसरी स्वदेशमै रोजगारी दिने कहाँ कहाँ उधोगघन्दा चलाउने भन्ने बिषयलाई राज्यको महलमा बसेर सोच्दैन उसले त कसरी आफ्नो पार्टीलाई राज्यको ठूलो पार्टी बनाउने कसरी आफ्नो पार्टीलाई सरकारमा जाने वातावरण बनाउने र कसरी आफु सरकारमा बस्ने भन्ने सोचेर सिहंदरवार दौडिरहेका हुन्छ्न ।

तर ती युवा जसले रात दिन नभनी उसैको चाकरी गरेर बसेका हुन्थे उनिहरु राज्य र सरकारले केही गर्न सकेन भनेर दोष दिदै खाडी मुलुकको अठार सयको लाईनमा उभिएर दोष दिएरको हुन्छ !

साच्चै अब यो देशमा केही गर्न सकिदैन त ?

के राजनीति तवरले मात्रै देश हाक्न सकिन्छ त ?
यी र यस्ता प्रश्नलाई निर्मुल पार्न मैले आफै आफ्नौ भुमिलाई मैदान बनाएर सामाजिक कार्यमा लाग्ने खेलाडी बन्ने र उत्पादन गर्ने समुह (टिम) बनाउदै हिडिरहेको छु लाग्छ कुनै बेला म पनि पार्टीका झन्डालाई नै आफ्नु मुख्य उद्देश्य बनाएर हिडेको थिए ।

तर आजका सचेत युवा वर्गले खाली एक पार्टी झन्डा बुकेर मात्रै केही हुदैन अब प्रत्येक युवाले सामाजिक झन्डा बोक्नु पर्छ हो यसो भनिरहदा केपि खनाल कुनै पार्टिमा छैन भनेर म भन्दिन किनकी राज्य बनाउनु मेरो पनि लक्ष्य हो यो देश बनाउनम विभिन्न पार्टीको पनि ठूलो योगदान रहेको छ ।

त्यसैले म पनि कुनै पार्टीमा आवद्ध छु र रहेनेछु र अब बाट कुनै पनि पार्टीलाई नकारात्मक ढङ्गले हेर्ने नभई यो देश बनाउन आजका युवाको प्रमुख दायित्व सम्झेर एक सामाजिक युवाको संस्था सामर्थ्य नेपाल लिएर हिडेको छु यो मेरो मात्र हिडाई होइन राज्य बनाउन लागेका प्रत्येक सचेत वर्गको हिडाइ हो प्रत्येक राजनीति दलको हिड्न मार्ग हो त्यसैले मेरो अन्तिम अनुरोध हामी युवाले त यो पार्टी र म यो पार्टी नभनी हामी सबै एउटै पार्टी हाम्रो छुट्टै इतिहास छ ।

हो यो देशमा रोजगारी ल्याउन मा पहिले हात हामी युवाको नै रहने छ ,हामिले बनेको सडक तताउनु भन्दा सडक नपुगे ठाँउ बनाउन लागौ अनि देश आफै समृद्ध बन्छ र बन्ने छ भन्दैआफ्नो बिचार राखेको छु मन परे वा नपरेपनि मलाई प्रतिक्रिया दिनुहुने छ र अझै अन्य वर्गलाई बुझाउन शेयर गर्नुहुनेछ भन्ने आशा गरेको छु
धन्यवाद !!!