ज्ञानेन्द्रको कप्तानीमा नेपाली टिमको घोषणा

फाईल तस्विर !!

काठमाडौं,बैशाख,१-नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको छ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

बन्द प्रशिक्षणमा रहेका मध्येबाट ललित नारायण राजवंशी,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम भने बाहिरिएका छन् ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्नेछ ।सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

नेपाली टिम :
ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम