छैंठौ पटक मन्त्रीपरिषद विस्तारको तयारी

आजै राप्रपा प्रजातान्त्रिक सरकारमा जाने

काठमाडौं,भदौं,२५-

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दीपक बोहोराको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो ।

मन्त्रालयमा कुरा मिले आज नै राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको छ । सो दलले चार मन्त्री, चार राज्यमन्त्री र २ सहायक मन्त्री मागेको छ । तर प्रधानमन्त्री देउवा तीनवटा मन्त्रालय मात्रै दिने पक्षमा रहनुभएको छ । अहिले मन्त्रिपरिषद् ५० सदस्यीय छ । बोहोराका अतिरिक्त सुनिलबहादुर थापा, विक्रम पाण्डे, रामकुमार सुब्बालाई मन्त्री बनाउने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।

त्यसैगरी विराजविक्रम बिष्ट, रेशम लामा, रमेश लामा, कमला शर्मा, बबिना मोक्तान, सइन्द्र वान्तवा, इस्तियाक अहमद खान मध्येबाट राज्यमन्त्री र सहायकमन्त्री बनाउनुपर्ने दबाब राप्रपा प्रजातान्त्रिक भित्रबाट आएको छ । राप्रपा प्रजातान्त्रिकले आपूर्तिसहितका मन्त्रालय खोजेको छ ।