बाबुराम र प्रचण्ड एकैठाउँ,मिल्नुको विकल्प नभएकोमा जोड

काठमाण्डौं ,पुस ११-  नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुइ पार्टी एकताको आवाश्यकता औल्याएका छन् । भट्टराई माओवादीबाट अलग भएको १६ महिनापछि आज दुई नेताले एउटै मञ्चमा उभिएर दुई पार्टी एकताको आवाश्यकता औल्याउनुभयो ।

उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि मिल्नुको विकल्प नभएकोमा जोड दिनुभयो । प्रदर्शनीमार्ग स्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नँयाशक्तिका संयोजक भट्टराई दुबैले आफूहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताउनुभएको छ ।

दाहालले माओवादी नेताहरु एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा रहेको बताउनुभयो । भट्टराईले पनि परिवर्तन संस्थागत गर्न दुई नेता मिल्नुको विकल्प नभएकोमा जोड दिनुभयो । माओवादी नेता दीनानाथ शर्माले दाहाल र भट्टराई अलग भएर गल्ती गरेको भन्दै मिल्न आग्रह गर्नुभएको थियो ।