गरीव किसानमुखी कृषि लक्षित कार्यक्रम तजुमा गर्न सहभागीको जोड

मधु पौडेल
बाँके,पुष ११ –खाद्य सुरक्षा तथा अधिकारको प्रत्यभुतिको लागि गाविस ले किसानको लागि विनियोजित गर्ने वजेटको लेखा जोखा कार्यक्रम सोमबार  फत्तेपुरमा सम्पन्न भएको  थियो ।कृषक महासंघको आयोजन तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम  बाढि पिडित गाविसको रुपमा रहेको फत्तेपुरमा सम्पन्न गरीएको थियो । कार्यक्रम साना तथा गरीव किसानमुखी कृषि लक्षित कार्यक्रम तजुमा गरिनु पर्ने सहभागीको जोड दिएका थिए ।

राप्ति नदी कटान पिडित ,भुमिहिन ,मुक्त कमैया तथा ऐलानी जग्गा भएका किसानका लागि राज्यले बनाएका नीति तथा कार्यक्रम पुर्ण रुपमा कार्यन्वयन नभएको कुरा सहभागीले बताएका थिए ।कार्यन्वयनको पाटोमा ध्यान दिनुपर्ने कुरा नेकपा माओवादीका स्थानिय प्रतिनिधि साविर खाले बताउनु भएको थियो । त्यसै गरी दलित प्रतिनिधी पत्तीलाल रैदासले वाढी पिडित तथा साना किसानको लागि सहुलियत र राहतका कार्यक्रममा पहुच वालाको हालीमुहाली भएको आक्रोस ब्यक्त गर्नु भएको छ ।

किसान समुहहरुले उचित कार्यक्रम तथा बजेट माग गर्नु पर्ने तथा साना तथा गरिव किसानकाृे हितका आएका कार्यक्रमलाई गाविसको तर्फ बाट सधै सहयोग गर्ने कुरा  फत्तेपुर गाविस अध्यक्ष तथा सचिव दिलाराम रानाले बताउनु भयो ।कृषक महासंघ बाकेको अध्यक्ष सेतुविकको अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण   नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेका फिल्ड अफिसर लक्ष्मण विकले गर्नु भएको थियो ।