नेपाल संग भारत ३-१ गोल अन्तरले पराजीत

भारतलाई हराउँदै नेपाल समूह विजेताकाठमाडौं,भाद्र,२४-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।

 

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे ।नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा नेपालले दुई गोल गर्यो ।खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो ।भारतले पनि भुटानलाई ३-० ले हराएको थियो। दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।