मुस्लिम समुदायद्धारा कारागारका कैदीहरुलाई २ सय कम्मल वितरण

बाँके,पुष ११ – जिल्ला कारागार बाँकेमा रहेका कैदीहरूले ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोमै रात काट्न बाध्य भएको गुनासो गरे पछि आज मुस्लिमहरुले एक कार्यक्रमका बिच कम्मल हस्तान्त्रण गरेका छन् ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एंव मुस्लिम समूदायका अगुवा मोहम्मद हारुन हल्वाईको पहलमा नेपाल ज्वैलर्सका संचालक सकिल अहमद जसगढले अतिविपन्न कैदीबन्दीका लागि २ सय कम्मल कारागारमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारीलाई हस्तान्त्रण गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी रबिलाल पन्तले सरकारले कैदीका लागि मौसम अनुसारको कपडाको व्यवस्था गर्ने पनि प्रयाप्त नरहेकोले दैबिक प्रकोप समितिको पहलका सामाजिक व्यक्ति र संस्थाहरुले सहयोग गरेको समानहरु सहज रुपमा हस्तान्त्रण गर्ने गरेको बताउनु भयो ।उहाँले सकिल कादरीले गरेको कार्यको प्रसंशा समेत गर्नु भयो ।हस्तान्त्रण कार्यक्रममालाई सम्बोधन गर्दै मुस्लिम राजनितिक बिश्लेषक महेबु अली इदरीसीले मानवताको सेवा सर्बोत्तम सेवा भएको बताउदै समाजमा रहेको द्धन्दलाई समाधान गर्न महात्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गर्नु भयो ।

मुस्लिम समुदायद्धारा कारागारका कैदीहरुलाई २ सय कम्मल वितरणकार्यक्रमको संचालन गरी रहनु भएका पत्रकार मोहम्मद हारुनले समाजमा गल्ती गरेकाहरु कानुनी दायरामा आई सके पछि तिनिीहरुलाई साकारात्मक दृष्टिकोणले हेर्नु पर्ने बताउदै बन्दीको पनि मानव अधिकारको सम्मान गर्न सबै संग अपिल गर्नु भयो । यस्तै एसपी टेक प्रसाद राईले खुल्ला कारागारका अवधारणा आई सकेकोले सबै बन्दीलाई सम्मान पूर्व बाच्ने अधिकार रहेको बताउनु भयो ।कम्मल बितरण सकिल जसगढको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकार रबिलाल पन्त,अतिथिहरु बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राई,सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजु अधिकारी,मुस्लिम राजनितिक बिश्लेषक महेबु अली इदरीसी, माओबादी केन्द्रका

पोलिट व्युरो सदस्य अतहर हुसेन फारुकी,जामा मस्जिदका निर्वतमान अध्यक्ष रहमान मिँया,तराई मानव अधिकार रक्षक संजाल ९थर्ड एलायन्स० का उप क्षेत्रीय प्रमुख आलम खान, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुबेदी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।  भने कार्यक्रमको संचालन पत्रकार एंव मुस्लिम अगुवा मोहम्मद हारुनले गर्नु भएको थियो ।कारागार प्रशासनले हरेक तीन वर्षामा गुन्द्री वितरण गर्ने भए पनि अत्यधिक उडुस परेका कारण गुन्द्री नलिएको बन्दीहरूले बताउनुभयो। पटक पटक उडुस मार्ने औषधी र्छ्र्किए पनि उडुस निर्मूल हुन सकेको छैन् ।