सिन्धुलीमा जिप दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं,माघ,२४-

सिन्धुलीको फिक्कल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ९ जना घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५च ९४२२ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरुको खुर्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप महादेव डाँडाबाट सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै थियो । मृतकको सनाखत हुन सकेको छैन ।

गएराति नै सिन्धुलीकै सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।