सामर्थ्य नेपालको काठमाडौ भेटघाट सम्पन्न

सात जिल्लामा समिति गठन बिस्तार

धिरेन्द्र थापा /

काठमाडौ , भदौ,२१-

देश र समाजले अब युवा एक भएको देख्न चाहान्छ भन्दै देशव्यापीरुपमा बिशुद्व राजनीतिबाट अलग रहेर राज्यलाई आर्थिक,सामाजिक र राजनीतिलाई आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर गठन हुदै विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले आज देशको केन्द्र काठमाडौमा आज भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

निश्चल लम्सालको संयोजकत्वमा सुरुवात भएको कार्यक्रममा प्रमुख अथिती सामर्थ्य नेपालका केन्द्रिय संयोजक अर्जुन भुसाल हुनुभएको थियो भने कार्यक्रममा सामर्थ्य नेपाल पश्चिम् नेपाल प्रमुख केपि खनाल सामर्थ्य नेपालकोबारे प्रकास पार्नु भएको थियो त्यस्तै समाजसेवी तारा प्रसाद अर्याल ,चन्द्र बिक ,टेकराज कठायत ,नरदेव न्यौपाने,डम्बर बम,आकृति बिष्ट ,पत्रकार टंककला तिमिल्सेना ,पत्रकार युवराज न्यौपाने , शिवराज जैशी,अनुप लामिछाने आदिले आफ्नु मनतव्य राख्नुभएको थियो ।

आजको आवश्यकता भनेको राजनीति अराजकता नभई युवा एकाता भएर देश निर्माणमा लाग्नु पर्छ भन्ने सबैले आफ्नु मनतव्यमा राख्नुभएको थियो भने केन्द्रिय संयोजक भुसाल ले आफू र हाम्रो संस्था कुनै व्यक्तिगत वा संस्थागत र राजनीति स्वार्थमा नलागी सामाज परिवर्तन गर्न चाहाने युवहरुलाई एकजुट बनाउने उद्देश्यले स्थापना भएको बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन युवा समाजसेवी सचिन मिल्सिनाले गर्नु भएको थियो ।

यसैबिच देशभरी विभिन्न कार्यक्रम गर्दै ठाँउ ठाँउमा सरसफाइ गर्दै आएको यश संस्थाले आजै एक कार्यक्रमका बिच देशका ७ जिल्लामा सामर्थ्य जिल्ला समिति गठन गरिएको छ जसमा कालिकोट जिल्ला संयोजकमा गोविन्द शाही,पाचथर जिल्ला संयोजकमा दिनेश केरुङ ,स्याङ्जा जिल्ला संयोजकमा हृदयस अर्याल ,धादिङ जिल्ला संयोजकमा श्याम विश्वकर्मा ,काठमाडौ-कैलाली जिल्ला संयोजकमा निर्मल लम्साल सचिवमा आकृती बिष्ट र सिमरा जिल्ला संयोजकमा प्रज्वल दाहाल नियुक्त हुनु भएको थियो ।