आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ प्रतियोगिताको लागि रिङ्ग निर्माण पूरा

नेपालगन्ज,चैत्र,१७-
नेपालगन्जमा सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समुद्घाटन बैशाख ५ गते हुने भएता पनि यहि चैत्र २९ गते हुने बक्सिङ खेलको लागि बक्सिङ्ग रिङ्गको तयारी पूरा भएको छ।


बक्सिङ्ग खेलको लागि बाँकेको खजुरामा अबस्थित ज्ञानोदय नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा बक्सिङ रिङ्ग तयार पारिएको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले जानकारी दिनु भयो।

चैत्र २९ देखि सन्चालन भइ बैशाख ४ गते सकिने बक्सिङ खेलमा महिला -पुरुष खेलाडिको प्रतिस्पर्धा रहने छ।