बर्दगोरियामा बृहत माघि मेला २०७४ हुने

पवन मुडभरी/

बौनियाँ,पुस,८-
कैलालीको बर्दगोरिया गाउपालिका -२ बर्दगोरियामा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा यही पुस २७ गते देखि माघ २ गते सम्म बृहत माघि मेला २०७४ हुने भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकबाट जगराम चौधरीको सयोजकत्वमा १६ सदसीय मेला समिति गठन गरेको छ ।

जसको उपसयोजकमा खडक विक, सचिवमा लायकराम डगौरा थारु लगाएत १६ सदस्य रहेका छन । यसैगरी विर बहादुर चौधरीको सयोजकत्वमा ९ सदसीय आर्थिक समिति समेत गठन गरीएको छ । जसको उपसयोजकमा दिनेश कठरीया लगाएत ९ सदसीय रहेका छन ।

मेलामा स्थानिय कलाकारको प्रस्तुतीका साथै थारु संस्कृति झल्कीने विभिन्न नृत्य र मेलाको मुख्य आर्कषकमा छिमेकी राष्ट्र भारतको सितापुरको रामलिलाका साथै नौटंकी समेत रहने आर्थिक सयोजक विर बहादुर चौधरीले बताउनु भयो ।

मेलामा करीब ५० स्टल रहने मेला सयोजक जगराम चौधरीले बताउनु भयो । मेला अवलोकन गर्न बर्दगोरिया गाउपालिका,जोसीपुर गाउपालिका, सुखड,लम्की, टिकापुर, र झिमेकी राष्ट्र भारतबाट गरी करीव ५० हजार दर्शक आउने मेला उपसयोजक खडक विकले जानकारी दिनु भयो ।