बाँके, दाङ र रुपन्देहीमा गरी थप ६ संक्रमितको मृत्यु

फाईल तस्विर : भेरी अस्पताल !!

काठमाडौं,बैशाख,२५-बाँके र दाङ जिल्लामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरूष र दुई महिला छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ का ६७ वर्षीय पुरूषको हिजो मृत्यु भएको हो ।

त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा आज बिहानै मृत्यु भएको हो ।

योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमति १७४ जना र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १३१ जनाको मृत्यु भएको छ ।

यस्तै, रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका- १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।