ट्याक्टरको ठक्कर बाट शिबपुरमा १ जनाको मृत्यु

अराज सिहं बेल्बासे/

कपिलबस्तु,माघ, ३-
शिबराज नगरपालिका १ शिबपुरमा ट्याक्टरको ठक्कर बाट १ जनाको ज्यान गएको छ ।

हाइवे पेट्रोल पम्प नजिकै लु २ त ५७१३ नम्बरको ट्याक्टरको को ठक्कर बाट मोटरसाइकलमा सवार शिबराज १ का २४ बर्षिय खुमान सिंह पुनको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झबिन्द्र भट्टराइले जानकारी दिनु भयो ।

ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन ।