चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स

सरला सुबेदी/

चितवन,माघ,३-

नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले क्ल्याप ठोकेर शुभारम्भ गरेका हुन् ।

भद्र भुजेलले निर्देशन गर्ने चलचित्र लाई उद्योग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामेरा को रेकोर्ड बटन थिची र चलचित्र मा कथा / सम्बाद दिएका पुष्प आचार्यले नरिवल फुटाएर एबम चलचित्रका डेब्यु नायक देबसागर बिसि र नवनायिका मरिष्का पोख्रेलले चलचित्रको संबाद बोलेर सयुंक्त रुपमा चलचित्र को शुभारम्भ गरेका थिए।

शुभारम्भमा बोल्दै वरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले चलचित्रमा चितवनको प्राकृतिक मनमोहक दृश्य डाडाकाडा,पहाड,र समथर भुभाग सबै रहेकोले चितवन नै यस चलचित्रको लागी खुल्ला स्टुडियो रहेको बताए।प्रमुख अतिथी समेत रहेका बरिष्ठ कलाकार श्रेष्ठले चलचित्र र चलचित्रकर्मिको सफलताको लागी शुभकामना समेत व्यक्त गरेका थिए।

एक करोड को लगानी मा बन्ने उक्त चलचित्रको मङ्गलबारदेखी छायांकन सुरु गरिएको चलचित्र मा बिशाल श्रेष्ठ, उमेश अधिकारि र मुक्ती अधिकारी को सयुंक्त लगानी रहेको छ । चलचित लाई चितवन र धम्पुसका बिभिन्न स्थानमा छायांकन गरिने निर्देशक भुजेल ले बताए । चलचित्रमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी, र मिन घलानको संगीत रहेको छ ।

थुप्रै म्युजिक भिडियो मा अभिनय गरि सकेका नायक देव सागर को यो चलचित्र मा भने नया अनुभव रहेको बताए । मानविय सबेदना माथी निर्माण हुन लागेको चलचित्र पुर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुने निर्देशक भुजेल ले दाबी गरेका छन् । दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर बिष्ट र सुमित लामाको नृत्य रहनेछ। चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहनेछ ।