खजुरा महोत्सव संन्चालनबारे वृहत छलफल

७० प्रतिशत तयारी सम्पन्न

खजुरा,माघ,१९-

खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा आयोजकले वृहत छलफल गरेको छ ।महोत्सवलाई सव्य र भव्य बनाउन विभिन्न उप समितिले हाल सम्म गरेका प्रगतीमा छलफल गरी तिव्र रुपमा तयारीमा लाग्न अनुरोध गरीएको छ ।

छलफलले खजुरामा लाग्ने महोत्सवलाई सफल बनाउन प्रदेशका सबै जिल्लालाई स्टलका लागि आह्वान गरीसकेको र स्टल दर्ता हुने क्रममा रहेको जानकारी गराएको छ ।महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर खत्रीका अनुसार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि सहयोगको प्रतिवद्धता जनाएको बताए ।

हाल सम्म ७० प्रतिशत उप समितिहरुको काम भैसकेको र बाँकी कामलाई तथासिघ्र पुरा गर्नका लागी खटाइएको समितिका संम्योजक खत्रिले बताए । प्रदेशका १२ वटै जिल्लाबाट स्टल आउने निश्चित भैसकेको घरेलु तथा साना उद्योग महासंघ बाँके साखाका सचिव मधु खड्काले बताइन ।

माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा हुन लागेको प्रसार प्रचार उप समितिका संम्योजक भागवत कंडेलले जानकारी दिए ।