आजको जेटीकप क्रिकेट खेलमा आरएमई,आर्दश नमुना र पानसदिप विजयी

पवन मुडभरी /

बौनिया,कार्तिक,१८-

कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको चौथो दिन आज तिन खेल सम्पन्न भएका छन । आज विहान ८ बजे भएको पहिलो खेलमा कालिका माध्यामिक विद्यालय नौनिया विरुद्ध आरएमई टिकापुर विच भएको खेलमा आरएमई टिकापुर ३४ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको कैलाली आरएमई टिकापुरले निर्धारित १५ ओभरमा सवै विकेट गुमाउदै १ सय २ रन बनाउन सकेको थियो । १ सय ३ रनको ठुलो लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको कालिका माध्यामिक विद्यालय नौनिया निर्भारित १५ ओभरमा सवै विकेट गुमाउदै ६८ रन मात्र जोडन सफल भएको थियो ।

आरएमई टीकापुरलाई ठुलो योगफ तयार पार्ने क्रममा धिज जंग सिंह ठकुरीले उत्कृष्ट व्याटी¨ गदै व्यक्तिगत ३३ रन बनाएका थिए । उनि म्यान अफ द म्याच घोषित भए । आज नै भएको दोस्रो खेलमा आर्दश नमुना लम्की विरुद्ध जनजागृती ईन्जिनियरी¨ चौरी विच भएको खेलमा आर्दश नमुना ४४ रनले विनयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको आर्दश नमुना लम्कीले निर्धारीत १५ ओभरमा अलआउट हुदै ८३ रन जोडन सफल भएका थिए । ८४ रनको लक्ष्य लिएर ब्याटिङ्गमा आएको जनजागृती ईन्जिनियरी¨ चौरीले शुरुवातमा केही विकेट गुमाउदा ४४ रनको पराकिलो हार व्यहोर्नु परेको हो । ३३ रन जोडेका आर्दश नमुना लम्कीका धिरेन्द्र साउद म्यानअफ द म्याच भए ।

यसै गरी प्रतियोगिताको चौथोे दिनको अन्तिम खेलमा पानसदिप लम्की विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको पानसदिप लम्की ले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतीमा ८९ रन बनाउन सफल भएको थियो ।

९० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रेको क्यामब्रिज ई बोर्डि¨ स्कुल १५ ओभर खेल्दै १० विकेटको क्षतिमा ६२ रन मात्र जोडन सफल भयो । क्यामब्रिज ई बोर्डि¨ स्कुल लाई ६२ रनमा समेटदै २७ रनको ठुलो जित हात पारेको छ । १९ रन र ३ ओभरमा १५ रन खर्चदै ३ विकेट लिएका गौरभ विसी म्यान अफ द म्याच भए ।

यसै गरी भोली पाचौ दिन विहान ७ बजे आयोजक जगततारा विरुद्ध उज्यालो शिक्षा सदन लम्की ,विहान ११ बजे संत निंरकारी टीकापुर विरुद्ध जनजागृती चौरी र भोलीकोे अन्तिम खेल दिउसो २ बजे न्यु स्टार सुखड विरुद्ध बसन्त मुरारी बौनिया विच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।

प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । प्रतियोगिता मंसीर ०२ गते सम्म सञ्चालन हुने खेल उप सयोजक मनोज पन्तले जानकारी दिनुभयो ।