तरुण दल बाँकेको पदभार आज

बाँके,फागुन ५-नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति सदस्यमा तारमणी अधिकारी,अनिल लखेर,हुनमान नाउ,देबबहादुर खाँड,धु्रव आचार्य, प्रदिप शाह,शंकर बढाथोकी,जगतजंग थापा,बेलबहादुर बुढाथोकी,हेमन्त शाक्य,शाहिल नरसिंह राणा, कुदरुस खाँ,जितबहादुर चौधरी,मनमोहन बर्मा,कमानसिंह सुनार,सपना भण्डारी,मुनिर बेहना,पुष्पा सुनार लगायत १९ जनालाई मनोनीत गरेको थियो ।

काँग्रेस पार्टी कार्यालयमा आज बिहान १० बजे पदभार ग्रहण कार्यक्रम तय गरिएको तरुण दल बाँकेका उपाध्यक्ष मनिषराज रेग्मीले जानकारी दिनुभएको छ । पदभार कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रय सदस्य किशोर सिंह राठौंर,काँग्रेस बाँकेका सभापती किरण कोईराला,संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही लगायतको सहभागिता रहने भएको छ । करिव दुई वर्षअघि भएको अधिवेशनबाट बिरेन्द्र शाहको अध्यक्ष्तामा जिल्ला कार्यसमिति पदाधिकारी निर्वाचित भएका थिए ।