नेपालगन्जको सनबिम माविमा भोलि १७औँ वार्षिक उत्सव मनाइँदै

नेपालगन्ज, फाल्गुन,१७-
शैक्षिक अभियानमा लागेका प्रतिष्ठित व्यक्तिद्वारा सन्चालित सनबिम माविमा भोलि शनिबार १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइने भएको छ।

सनबिम माविका अध्यक्ष गिरिराज पौडेलका अनुसार वार्षिक उत्सबको अवसरमा भोलि विद्यार्थीहरुद्वारा पकाइएका विभिन्न परिकारहरुको स्टल रहने, वर्ष दिन भरि विद्यालयमा भएका क्रियाकलापको गतिबिधी अभिभावकहरुलाई जानकारी गराइनेछ।

त्यस्तै भोलि नै बिद्यार्थिहरुको सांस्कृतिक कार्यक्रम, बिभिन्न बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गर्ने, समाजका लव्ध प्रतिष्ठित व्यक्तिलाई सम्मान तथा कदर गर्ने साथै अभिभावकहरुको रायसल्लाह संकलन गर्ने सनबिमका प्रमुख प्रबन्धक डा. राज कुमार सुबेदिले जानकारी दिनु भयो।

त्यस्तै भोलिको वार्षिक उत्सव कार्यक्रमलाई स्तरिय बनाउनको लागि आदर्श माविका चिफ डाइरेक्टर इश्वर पोखरेल र आदर्शका एकेडेकिम एड्भाइजर प्रकाश लामिछाने पुर्व तयारिमा जुटिरहेको सनबिमका प्राचार्य शान्त बहादुर मल्लले बताउनु भयो।

हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल आबद्द यस सनबिम मावी हाल अहिले कक्षा ११ सम्म सन्चालिन रहेको छ। कक्षा ११ मा व्यवस्थापन शिक्षा र कम्प्युटर बिज्ञान पढाइ हुने समेत प्राचार्य मल्लले बताउनु भयो।