हिसानकप अन्तर्गत छात्रा तर्फको भलिबल खेलको उपाधी गोर्खा माविलाई

नेपालगन्ज,फाल्गुन,१७-
फाल्गुन १४ गते बाट सुरु भएको पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको शुक्रबार छात्रा तर्फ भएको भलिबलको फाइनलमा गोर्खा मावी विजयी भएको छ।

निजि विद्यालयको संगठन हिसानको आयोजनामा भएको हिसानकपको छात्रा तर्फको भलिबल खेलको फाइनल प्रतियोगिताको लागि मोडर्न र डाइनामिक, जनज्योती मावी र गोर्खा मावी बिच प्रतिस्पर्धा भएको थियो।

प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोर्खा मावी प्रथम, डाइनामिक मावी द्वितीय र जनज्योती मावी तृतीय भएको हिसान कपका सयोजक सुमन गौतमले जानकारी दिनु भयो।

बुधवार बिहानै बाट अबिरल वर्षा भएपछी आयोजक टिमले प्रतियोगिता २ दिनको लागि स्थगित गरेको थियो।

खेलकुद स्थलमा हिलो जमेको कारणले फुटबल खेल हुन नसकेको पनि संयोजक गौतमले बताउनु भयो।

साथै भोलि छात्र तर्फको भलिबल,फुटबल र छात्रा/छात्र तर्फको ब्याडमिन्टन खेलको फाइनल हुने आयोजकले जनाएको छ।