प्रदेश सांसदद्वारा नेपालगन्जको जायेद हविव सैलुन उद्घाटन

नेपालगन्ज, फाल्गुन,१६-
नेपालगन्जको न्युरोड स्थित कलपत्रु होटेल सङ्गी जोडिएको जायेद हविव सैलुनको बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ।

अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए।

नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा ल्याइएको सन्चालकहरुले बताए।

सन्चालक भन्छन,”ग्राहकहरुले ढुक्क सङ्ग कपाल कटाउन, फेसिएल गर्न, कपालमा रङ लगाउने सक्नेछन”। साथै ग्राहकहरुले सस्तो सुलभ मुल्यमा सेवा सुविधा उपभोग गर्न सक्ने पनि सन्चालकले बताए।

२ जनाको संयुक्त सहकार्यमा सुरु गरिएको सैलुनको उद्घाटन समारोहमा संघिय समाजबादी फोरमका जिल्ला अध्यक्ष कम्रुदिन राई, जिल्ला समन्वय समितिका अजय कुमार श्रीवास्तव लगाएत पत्रकारहरुको उपस्तिथी रहेको थियो।