निर्वाचन आयोगले शशांक कोइरालालाई सचेत गरायो

काठमाडौं,बैशाख,२०-निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ ।

निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो ।

सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।

यस्तै आयोगले निर्वाचनमा आयोगले तोकेको भन्दा बढी खर्च गरेको भन्ने अभिव्यक्ति दिनुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि सचेत गराएको छ ।

कोइरालाले निर्वाचन आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरे पनि सार्वजनिक अभिव्यक्तिमा भने ६ करोड रुपैयाँ खर्च भएको बताउनुभएको थियो ।

कोइराला र अधिकारीलाई आयोगले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपछि आयोगले उहाँहरूलाई सचेत गराएको हो ।