केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,बैशाख,२०-काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

बैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।

उक्र अभिव्यक्ति आचारसंहिता विपरीत भयो कि भएन ? तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेर स्पष्टीकरण सोधेको आयोग स्रोतले दाबी गरेको हो ।

यसैबीच, स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैर सरकारी संस्थालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन पनि आयोगले भनेको छ ।