कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४-

कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।केहि घाइतेहरुको सेती अञ्चल अस्पताल लगायत अरु स्थानीय अस्पतालमा उपचार भैरहेको छ । 

यस्तै उता : कञ्चनपुरमा पनि हावाहुरीबाट २० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हावाहुरीले कैलाली र कन्चनपुरका विभिन्न ठाउँठाउँमा बिजुलीको पोल तथा रुख ढलाउँदा केही ठाउँमा यातायात अवरुद्ध भएको छ । कच्ची घरका छाना उडाएका छन् । अहिले उद्धारका लागी सुरक्षाकर्मीहरु जुटेका छन् ।