खप्तड गोल्डकप फुटबलमा ड्रुक स्टार्सलाई हराउदै रुपन्देही एघार विजयी

पुस २८ गते रुपन्देही एघार र मनाङ मर्स्याङदी भिड्ने

कैलाली,पुस,२५-

धनगढी क्षेत्रीय रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगीतामा रुपन्देही एघार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा रुपन्देही एघारले ड्रुक स्टार्स भुटानलाई ३-२ गोल अन्तरले पराजीत गरेको हो ।

जितसँगै रुपन्देही एघार सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २२ औं मिनेटमा नै रुपन्देही एघारका खेलाडी अमर डंगोलले गोल गरेका थिए । खेलको ३८ औं मिनेट बित्न नपाउदै पुनह : अमर डंगोलले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप सकिदा सम्म ड्रुक स्टार्सले भने कुनै गोल गर्न सकेन ।

फोटो साभार गोल्ड नेपालडटकमबाट

खेलको दोस्रो हापको ५८ औं मिनेटमा ड्रुक स्टार्सका खेलाडी कोएनगा राबग्यले १ गोल फर्काएका थिए । त्यस लगत्तै रुपन्देही एघारका खेलाडी मनिष थापाले ६९ औं मिनेटमा १ गोल गर्दै टिमको अग्रतालाई कायम राखेका थिए । पुनह: खेलको ८९ औं मिनेटमा ड्रुक स्टार्सले पेनाल्टी मार्फत थप १ गोल गरेको थियो ।

जित संगै रुपन्देही एघार सेमीफाईनलमा प्रवेश गरेको छ । अब रुपन्देही एघारको भेट पुस २८ गते मनाङ मर्स्याङदी संग हुनेछ ।

आज भएको खेलको ‘म्यान अफ द म्याच’ रुपन्देही एघारको खेलाडी अमर डंगौल भएका छन् । १२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।