फोटो पत्रकार समुह दाङको तदर्थ समिति गठन

संयोजकमा न्यौपाने

नरेश खड्का /
दाङ, साउन,२७-

राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको छ । कुलदीप न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय फोटो पत्रकार समुह दाङ शाखाको तदर्थ समिति गठन गरीएको हो ।

दाङ जिल्लामा रहेका फोटो पत्रकारहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । जस्को सदस्यहरुमा रोशनमान श्रेष्ठ, राजेश खत्रि, नवीन अभिलाषी, जनक नेपाली, केशरमान विसी, विमला घर्ति, मनिष सेढाई र नरेश थापा रहनु भएको छ । तदर्थ समितिले भदौ महिनामा नयाँ कार्यसमिति निर्माण गर्ने भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष धु्रव आलेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले फोटो पत्रकारिता सम्बेदनशील पत्रकारिता भएको भन्दै यसको महत्व पनि पत्रकारितामा धेरै रहेको बताएका थिए ।