ओई साईलीको सफलता संगै डाँगीको “चौबन्दीको तुना” चर्चामा

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,१

पछिल्लो समयका चर्चित सर्जक मधुसुदन डाँगीको सिर्जना रहेको लोक पप गित “चौबन्दीको तुना” चर्चामा रहेको छ । एक पछि अर्को सिर्जना गर्दै गित संगितको बजारमा ल्याउने क्रममा डाँगिको नयाँ सिर्जना “चौबन्दीको तुना” बजारमा आएको हो ।

ओई साईली गितको अपार सफलता संगै डाँगीको अर्को सिर्जनाले पनि बजार तताएको छ । डाँगीको सिर्जना रहेको यस गितको संगित भने संगितकार हरि थापाको रहेको छ । होम पुन मगरको प्रस्तुती रहेको यस गितमा गायिका शशी रावल र स्वयम मगरको स्वर रहेको छ ।

भिडियोमा चर्चित नायिका शिल्पा पोख्रेल र मोडल बिक्रम बुढाथोकीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गितको म्युजिक भिडियो लाई चर्चित निर्देशक बब्बु थापाले निर्देशन गरेका छन् । भिडियोको छायांकन उत्सब दाहालको रहेको छ भने सम्पादन प्रबिन भट्टले गरेका छन् । यस भिडियो तथा अडियो लाई वान वे फिल्मसले बजार व्यवस्थापन गरेको छ ।