एक महिना अगाडिदेखि नै मनाईने तिज अलि खर्चालु भएको सर्वसाधारणको भनाइ

नेपालगन्ज,भाद्र,१५-
हिन्दु नारीहरुको महानचाँड हरितालिका तिजलाई अाजभोलि एक महिना अगाडि देखि नै मनाउन लागिएको छ ।तिज गाउँमा भन्दा शहरहरुमा यो वा त्यो समूह, संघ/संस्था , विभिन्न राजनीति दलहरू , समूहहरुले भाद्र २७ गते मनाईने तिजलाई साउन महिना देखिनै मनाउने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।

यो पर्व अाजभोलि भड्किलो , हुनेखानेहरुको, अाफना गरगहना सो गर्नेका रुपमा पनि हेरिने गरिएकोमा गरिबीले राम्रोसँग खान लाउन नपाएकाले दु:ख प्रकट गर्ने गरेका छन् । पहिले पहिले स्वयं दिदीबहिनीहरु कुनै ठाउँमा जम्मा भएर अाफै गीत गाएर मनाउने गरिन्थ्यो भने अाजभोलि महंगा होटल , रेष्टुरेन्टमा डिजे लगाएर मनाउने गरेको पाईन्छ ।

यो तिज महिनौं अघि देखि मनाउन थालेकाले यसले खर्च पनि बढाउने , समयमा कामकाज नभएर नाचगान गर्न ब्यस्त हुने भएकाले यसलाई महिनौं अघि देखि नमनाएर तिजकै दिनमा मनाउने परिपाटीको विकास गर्नु जरुरी देखिन्छ ।