आज नेपाल र थाईल्याण्ड भिड्ने,खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुने

२००८को मैत्रीपुर्ण खेलमा थाइल्याण्ड संग नेपाल ७-० गोलले हारेको थियो

फाईल तस्विर : एन्फाको एफिसियल फेशबुक पेजबाट साभार ।।

काठमाडौं,चैत्र,१०-नेपाल र थाईल्याण्डबिचको खेल आज (बिहिबार) हुदैछ ।नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपाल र थाइल्याण्डब्चको खेल चोन बुरी रंगशालामै नेपाली समय अनुसार अपरान्ह ५:४५ बजेबाट सुरु हुनेछ। 

थाइल्याण्ड नेपालभन्दा निकै बलियो टोली र हाल फिफा वरियताको ११२ औं स्थानमा रहेको छ । नेपालले थाइल्याण्ड संग अहिले सम्म तीन पटक खेलिसकेको छ।नेपालले एक पटक किगंस् कप र दुई पटक अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेका छन्।

पहिलो पटक किगंस् कप ३१ मे १९८२ मा खेल्दा थाइल्याण्डले नेपाललाई ३-१ गोलले पराजित गरेको थियो। त्यसरीनै दोस्रो पटक अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल २७ नोभेम्बर १९९८ मा खेल्दा नेपाललाई २-० गोलले पराजित गरेको थियो।

तेस्रो पटक पनि अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल २० मे २००८मा खेलेको थियो। त्यस खेलमा नेपाललाई थाइल्याण्डले ७-० को फराकिलो गोल अनतरले पराजित गरेको थियो।

त्यसैगरी:दोस्रो खेल थाइल्याण्डको स्थानिय क्लब चोनबुरी फुटबल क्लबसंग मैत्रीपूर्ण खेल खेल्नेछ। यस दोस्रो खेल नेपालले मार्च २७ मा थाइल्याण्डको चोन बुरीमा नै खेल्नेछ।