घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे

सूचक प्रजातिका चरा हरिहाँसको संख्या घट्दै

पवन मुडभरी/

कैलाली,मंसिर,११-
कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो ।

घोडाघोडी ताल कैलाली

सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय वासस्थानमा सुधार आएकाले नयाँ मात्र होइन, महत्त्वपूर्ण प्रजातिका चरा फेला परेको संघका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरीले बताउनु भएको छ ।

हाँस

सिमसार क्षेत्रमा सूचक प्रजातिका चरा हरिहाँसको संख्या भने घट्न थालेको छ। विश्व रामसारमा सूचिकृत घोडाघोडीमा चोरी शिकार तथा कृषकहरुद्वारा खेतीमा विषादी प्रयोग गर्ने लगायतका कारणले हरिहाँसको संख्या घटन थालेको हो। घोडाघोडी ताल हरिहाँसका लागि एसियामै महत्वपूर्ण बसोबास स्थल मानिएको छ ।