आजदेखि ३ दिन सीमा नाका बन्द

बाँके,फागुन ,१४-भारतको उत्तर प्रदेशमा फागुन १६ गते हुन लागेको विधान सभा २०१७ लाई मध्यनजर गरि नेपाल भारत सीमा नाका ३ दिनका लागि बन्द हुने भएको छ । भारतको बहराईच र श्रावस्तमा निर्वाचन हुनेभ भएकोले २४ घण्टा अघि नाका सिल गर्न लागिएको सूचना बाँके प्रशासनले जारी गरेको छ ।

फागुन १४ गते विहान ७ बजेदेखि फागुन १६ गते साँझ ६ः३० बजेसम्म नाका बन्द रहने भएको छ । निवार्चन सम्पन्न नभएसम्म नेपाल र भारतका सुरक्ष अधिकारीबाट बाँके जिल्ला हुँदै भारत तर्फ जाने रभारतबाट आउने सवारी साधनमा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधीकारी खगेन्द्र पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।

उक्त अवधिमा सवारी साधन तथा ढुवानी साधन संचालनमा नल्याउने समेत प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स लगायत अत्यावश्यक सामग्री ढुवानीका लागि दुवै देशका अधिकारीको रोहवरमा गर्न सकिने बताइएको छ । भारतबाट आउने यात्रुहरु अल्पत्र परेको खण्डमा सुरक्षकर्मीको रोहवरमा वारपार गराईने सूचनामा उल्लेख गरिएको छ ।