लमही क्रिकेट खेल मौदानलाई थप ब्यबस्थित गरिने

रोशन घर्त्ती/

लमही,मंसिर,२-

लमही नगरपालिकाको क्रिेकट खेल मौदानलाई थप ब्यबस्थित गरिने भएको छ । त्यसका लागी लमही को क्रिकेट खेल मैदान नजिक रहेको वडा प्रहरी कार्यालय लमहीलाई प्लानिङ क्षेत्रमा स्थानान्तरण गरि उक्त जग्गा क्रिकेट खेल मैदानलाई दिने र खेलमैदानलाई फाराकिलो पार्ने बिषयमा छलफल भएको लमही नगरबिकाश समितिका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभएको छ ।

वडा प्रहरीकार्यालय लमहीको नाममा रहेको १४ कठ्ठा जग्गा क्रिकेटमैदानमा गाभिने भएपछि लमही नगरबिकाश समितिले वडा प्रहरी कार्यालयको लागी प्लानिङ क्षेत्र रातोडाडामा सोही बराबरको जग्गा उपलब्ध गराउने बिषयमा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र दाङका प्रहरी प्रमुख दुर्गा सिह चन्द , वडा प्रहरी प्रमुख लगाएतको सहभागितामा आज छलफल भएको थियो ।

लमहीको क्रिकेट मैदानमा आज बिहान छलफल भएको थियो । यसैगरि लमहीमा अब्यबस्थित रुपमा सचालनमा रहेको अटोभिलेज ब्यबस्थापन गर्ने र लमही अस्पतालको भौतिक पुर्बाधा निर्माणका लागी लमही अस्पताललाई लालपुर्जा दिलाउने सवालमा पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको हो ।