गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ

अराजसिंह वेल्वासे/

अर्घाखाँची,साउन,२६-

गोरु काटेर खाएको अभियोगमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले ४ जनालाई पक्राउ गरेको छ । सितगंगा नगरपालीका वडानं ८ जलुके धोद्रे जङगलमा साउन २४ गते राती गोरु काटेर खाएको अभियोगमा दाङ जील्ला गढवा गाउँपालीका वडानं १ का

लाल बहादुर सुनार , सोही ठाँउका ३० बर्षिय बिक्रम योगी , ४० बर्षिय राम बहादुर केसी र अर्घाखाँची सितगंगा नगरपालीका वडानं ८ का ३० बर्षिय कृष्णा रोकालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त चारै जनालाई जिल्ला अदालत अर्घाखाँचीले ७ दिनको म्याद थपी अनुसन्धानका लागी प्रहरी हिरासदमा राखेको छ