एमाले र माओवादी केन्द्रले ४५ जिल्लाको बाँडफाँड टुंगो लगायो

प्रचण्डको क्षेत्र भने अझै टुंगो लागेन

काठमाडौं,कार्त्तीक,१०-

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १८ क्षेत्रबाहेक बाँकीको भागबण्डा एमाले र माओवादी केन्द्रले मिलाएका छन् । दुई दलको कार्यदलले १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका हुन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र भने अझै टुङ्गिएको छैन । दाहालले चितवन क्षेत्र नम्बर ३ बाट चुनावमा उठ्ने घोषणा यसअघि नै गरेका थिए ।

तर एमालेले चितवनका ३ वटा क्षेत्रमध्ये एउटा मात्रै माओवादीलाई छोड्न मानेकाले दाहालको निर्वाचन क्षेत्र टुङ्गो लाग्न नसकेको हो ।
चितवनबाट नै माओवादीकै अर्का नेता रामबहादुर थापाले पनि चुनाव लड्ने दाबी गर्दै आएकाले दाहाललाई अप्ठ्यारो परेको हो ।