बगैंचाबाट ५० हजार मुल्यको बेवारिसे काठ बरामद

बाँके,माघ ५-सशस्त्र प्रहरीले बाँकेमा बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । सशस्त्र पहरीले बाँकेको हिरमिनिया ७ लोहारनपुर्वा गाउँस्थित बगैंचाबाट ५० हजार मुल्य बराबराबरको काठ बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा खटिएको गस्ति टोलीले १० क्युफिट सालको गोलिया बरामद गरेको हो ।

चिरान गर्नका लागि तयारी अवस्थामा राखिएको उक्त काठ बरामद गरी आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।