एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले  बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरीया गाविसका युवामा बढी देखिएको बताईएको छ ।

जाँच गराउन आएका धेरैले यो रोगका बारेमा जानकारी नपाएका कारण हातदुख्ने खुट्टा दुख्ने गायतका औषधि सेवन गरिरहेको बताएका छन् ।शिविरमा स्त्री रोग, छाला सम्बन्धी रोग, मद्युमेह, आँखा, साधारण चिकित्सा, हाडजोर्नी तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि स्वास्थ्य परीक्षणका लागि आएको नेपाली सेनाका चिकित्सक सह–सेनानी डा विश्वराजबहादुर कुँवरले बताउनुभयो । शिविरमा आठ सय पचास महिला, पुरुष र बालबालिका सहभागी थिए ।साभार न्यूज नेपालबानीबाट, तस्वीरः योर जेनोमी डट ओआरजी