मतदान छाडेर यार्सा टिप्न पाटनतिर

जुम्ला[, २५ वैशाख –

गाउँमा निवार्चनका लागि प्रचारप्रसार कार्य ती्रव भईरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन त्यसतर्फ लागेका हुन ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अधिकांश युवा प्रचार प्रसारका साथै नेतृत्वका लागि खटिएका छन् । तर छुमचौरका युवा भने निर्वाचनभन्दा पनि कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् । आजको अन्नपूर्णमा खबर छ ।