दलहरु केहि दिनमै एकै ठाउँमाः मन्त्री कार्की

दाङ, माघ ५ – सुचना तथा सन्चारमन्त्री सुरेन्द्र कार्कीले अब केहि दिनमै मुलुकका प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा आउने दाबी गर्नुभएको छ ।रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो दाबी गर्नु भएको हो । सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ, मधेशवादी दलहरु पनि अब सहमतीको नजिक आइसकेको छ, संभवतः एक सातामै सहमतीको ढोका खुल्ने छ’ नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्किले भन्नुभयो ।

त्यसकालागी मिडियाहरुले पनि समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।निर्वाचनसम्बन्धी ऐनहरु निर्माण प्रक्रियामा रहेको भन्दै मन्त्री कार्कीले निर्वाचन आयोगले समेत आवश्यक तयारी गरिरहेको बताउनुभयो ।निर्वाचन र सहमतिको वातावरण बनाउनका लागि पत्रकारहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न मन्त्री कार्कीले सुझाव दिनुभयो ।मिडियाले उक्साहटमा लागेर हौसिँदा माओवादी तेस्रो स्थानमा खुम्चिएको चर्चा गर्दै उहाँले अहिले हौसिएको एमालेको हविगत पनि त्यस्तै हुने दाबी गरे ।

अहिले हौसिएको एमालेको हालत के हुन्छ भनेर हेर्न आगामी चुनाव कुर्न उनले सबैलाई आग्रह गर्नुभयो ।‘पहिले वि।सं। २०६४ सालमा नेपाली कांग्रेसलाई उचाले मिडियाले, कांग्रेसले चुनाव गरायो, उहि कमजोर । त्यसपछि २०७० सालमा हामीलाई उचाल्यो मिडियाले, हामी सखाप,’ उहाँले भन्नुभयो, ‘अहिले मिडियाले एमालेलाई बलियो देखाएर चुनाव चाहियो भनिरहेका छन् । त्यो हविगत एमालेले पनि व्यहोर्ने निश्चित छ ।लोक कल्याणकारी विज्ञापन प्रणालीलाई केहि दिनमै कार्यान्वयनमा ल्याइने भन्दै उहाँले त्यसका लागि एक समिति समेत बनाइसकेको जानकारी दिनुभयो ।